सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सोमबार पनि हाइड्रोपावर क्षेत्रको उछाल कायमै, नेप्सेमा झिनो अंकको वृद्धि

सोमबार, २५ साउन २०७८, १६ : ०६
सोमबार, २५ साउन २०७८

सेयरबजारमा हाइड्रोपावर समूहको उकालो यात्रा सोमबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १.५४ अंकले बढेर ३ हजार १०९.६६ विन्दुमा पुगेको बजारमा हाइड्रोपावर समूहको मात्र सूचक ३.३५ प्रतिशतले वृद्धि भएको छ ।

तर, यस दिन यता हाइड्रोपावर, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा जस्ता साना कम्पनीहरुको उपसमूहहरु चम्किरहँदा उता ठूला कम्पनीहरुको सेयर मूल्यमा भने ब्रेक लागेको छ । 

नेप्सेका अनुसार यस दिन बैंकिङ, ट्रेडिङ्ग, होटल तथा पर्यटन, म्युचुअल फण्ड, लगानी लगायतका क्षेत्रहरुको बजार खस्किदा सेन्सेटिभ इन्डेक्समा २ अंक माथिको गिरावट आएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स अधिकतम २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा झरेको छ । 

यद्यपि, गत आइतबारको तुलनामा कारोबार रकममा भने यस दिनपनि खासै कमी नआएको नेप्सेले जनाएको छ । 
यस दिन कुल  २२४ कम्पनीका साढे २ करोड कित्ता माथिको सेयर १ लाख २८ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाखको कारोबार भएको छ । 

गत आइतबार ०.६६ अंकले बढेको बजारमा १४ अर्ब ३० करोड ८१ लाख बराबरको कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप