बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाबाट कैलालीमा एकजनाको मृत्यु

सोमबार, २५ साउन २०७८, १५ : ४७
सोमबार, २५ साउन २०७८

 कैलालीमा कोरोनाभाइरस (कोभिड–१९) का कारण आइतबार एक जनाको मृत्यु भएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा साउन १८ गतेदेखि उपचाररत जोशीपुर–२ का २८ वर्षीय एक पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

कडा खालको निमोनियाका कारण अस्पतालमा भर्ना गरिएका उनको पिसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको उनले बताए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आइतबार राति उनको मृत्यु भएको श्रेष्ठले बताए ।

शवको व्यवस्थापन तेघरी ब्यारेकबाट आएको सेनाले गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप