शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको युवा संघमा गरिबलाई लेबी तिर्नै गाह्रो !

सोमबार, २५ साउन २०७८, १५ : ३९
सोमबार, २५ साउन २०७८

नेकपा एमालेको भातृ संगठन युवा संघका नेताहरुले महँगो लेबी बुझाउने गरेको खुलेको छ । लेबी महंगो भएका कारण विपन्न वर्गका युवाहरु संघको नेतृत्वमा पुग्न कठिन भएको गुनासो संगठनभित्र बढ्न थालेको छ ।

एमाले स्रोतका अनुसार युवा संघका केन्द्रीय अध्यक्षले वार्षिक २ लाख सम्म लेबी बुझाउने निर्णय भएको छ । यो हिसाबले अध्यक्षले मासिक साढे १६ हजार रुपैयाँ भन्दा बढी लेबी बुझाउनुपर्छ । त्यसैगरी उपाध्यक्षले वार्षिक १ लाख र महासचिवले डेढ लाखसम्म लेबी बुझाउनुपर्ने संगठनको सर्कुलर छ । अन्य केन्द्रीय पदाधिकारीलाई  ७५ हजार र केन्द्रीय सदस्यहरुलाई ५० हजारसम्म लेबी तोकिएको छ ।

केपी ओली समर्थक युवा संघको नेता बन्न यति धेरै पैसा तिर्नुपर्ने नियम लागू भएपछि संगठनभित्र असन्तुष्टि बढेको नेताहरुले बताए ।  युवा संघका एक नेताले भने, ‘कतिपय साथीहरु पैसा तिर्न नसकेर नेतृत्वमा बस्न नपाउने स्थिति छ । केन्द्रीय कमिटीमा बस्ने भए यति रकम बुझाउनुपर्छ भनेर मोलतोल गर्ने गरिएका कारण विपन्न समुदायका युवाहरु नेतृत्वमा आउनै नसक्ने अवस्था छ ।’

युवा संघमा देखिएको आर्थिक मोलमोलाइबारे एमालेको केन्द्रीय कमिटी बैठकमा कुरा उठाइदिन संगठनका केही नेताहरुले पार्टीका केन्द्रीय सदस्यहरुलाई गुहारेका छन् ।

पैसा तिर्नेहरू मात्रै नेतृत्वमा बस्न पाउने हो भने धनीमानी वा डनहरुमात्रै नेता बन्ने स्थिति आउने असन्तुष्ट पक्षको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप