जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय कायम, महन्थ ठाकुर अध्यक्षबाट आउट
निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
यससँगै अब जसपामा उपेन्द्र यादव एकजना मात्र अध्यक्ष कायम भएका छन् भने महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । आयोगमा हेड काउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ ।
यद्यपी अहिले पनि महन्थ ठाकुरले आफू जसपाको अध्यक्ष रहेको भन्दै तराई मधेशका जिल्लाहरुमा कार्यक्रम गरिरहेकाछन् ।
यताऽ निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएपछि महन्थ ठाकुरले पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् भने सो मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण