सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कीर्तिपुरबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

सोमबार, २५ साउन २०७८, १४ : ४१
सोमबार, २५ साउन २०७८

राजधानीको कीर्तिपुरबाट मोटरसाइकल चोरेर भाग्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका – ९, नगाउँमा एक व्यक्तिको घर अगाडी पार्किङ्ग गरी राखेको बा ९४ प ७१६४  नम्बरको पल्सर मोटरसाइकल चोरीमा संलग्न २ जनालाई  प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका–७ घर भई हाल नारायणटार बस्ने  सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले  नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा दुवैलाई भक्तपुरको सूर्यविनायकबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

आफ्नो मोटरसाइकल हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आँधिखोला गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप