मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

सोमबार, २५ साउन २०७८, ०४ : ००
सोमबार, २५ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ ।

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । ‘बैठकका एजेण्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप