बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी बैठक सुरु

सोमबार, २५ साउन २०७८, १३ : ००
सोमबार, २५ साउन २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले  विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । 

ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै एमाले केन्द्रीय समिति बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरु भने सहभागी नहुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप