शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

साम्राज्ञीसँग जीतुको रोमान्स  !

सोमबार, २५ साउन २०७८, ११ : २८
सोमबार, २५ साउन २०७८

अभिनेता तथा हास्य कलाकार जीतु नेपालको अहिले हिट हिरोइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स रहने भएको छ । नेपालले रियलमा नभएर रिल लाइफमा साम्राज्ञीसँग रोमान्स गर्न लागेका हुन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने एक फिल्ममा नेपाल र शाह मुख्य भूमिकाको लागि छानिएका हुन् । फिल्म अभिनयका लागि दुबै कलाकारले लिखित सम्झौता गरिसकेको बताइएको छ ।

१५ भदौबाट फ्लोरमा निस्कने फिल्म काठमाडौं र पोखराको विभिन्न स्थानमा खिचिनेछ । यसअगाडि फिल्म ‘ड्रिम्स’ निर्माण गरेका कपिलले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको प्राविधिक लगायत सबै पक्षको छिट्टै प्रेसमिट गरेर जानकारी दिने निर्माण युनिटले जनाएको छ ।

‘छक्का पन्जा’ टिमसँग बाहिरिएपछि जितुले पहिलो पटक बाहिरको फिल्ममा काम गर्न लागेका हुन् । फिल्ममा जीतु साम्राज्ञीको प्रेमीको भूमिकामा देखिने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप