आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नागरिक उड्ययन प्राधिकरण आन्दोलनमा, संस्था नटुक्रयाउन कर्मचारीको चेतावनी

सोमबार, २५ साउन २०७८, ११ : २७
सोमबार, २५ साउन २०७८

नेपाल वायु सेवा निगमका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रिरहेका बेला नागरिक उड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु समेत आन्दोलनमा उत्रिने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउने गरी प्रस्ताव अघि बढाएसँगै क्यानमा आवद्ध कर्मचारी युनियनहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । 

कर्मचारी युनियन संवद्ध पाँच संगठन नेपाल नागरिक उड्ययन प्राधिकरण कर्मचारी संगठन, मधेश तराई कर्मचारी युनियन, लोकतान्त्रिक कर्मचारी संघ, राष्ट्रिय कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्राधिकरण नटुक्रयाउन चेतावनीसहित आन्दोलनको घोषणा गरेका छन् । 

सरकारले हालको प्राधिकरणलाई छुट्टाछुट्टै दुई संस्था बनाउने गरी नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा लैजाने तयारी गरेको छ । 
यसको विरोधमा संगठित कर्मचारी युनियनहरूले सोमबारदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । 

साउन २५ गतेदेखि २८ गतेसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेका संगठनले २५ गतेदेखि २७ गतेसम्म प्रत्येक दिन विहान १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी सहित महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने बताएका छन् । 

यस्तै, २८ गतेबाट महानिर्देशक लगायतका कार्यकक्षहरूमा तालाबन्दी गर्ने घोषणा गरेका छन् । 
तथापि, यस विरोधका कार्यक्रमहरु गर्दा समेत सम्बन्धित पक्षबाट सुनुवाई नभए पुनः अर्को बैठक बसी थप कडा भन्दा कडा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्ने संयुक्त युनियनले चेतावनी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप