विश्व आदिवासी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा
सोमबार, २५ साउन २०७८, ०७ : ५५
सत्ताइसौं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाका अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश