मेस्सी बिनाको बार्सिलोनाको उत्कृष्ट शुरुवात, युभेन्टस ३–० ले पराजित
बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको हो ।
लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो । खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए । मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो ।
खेलको तेस्रो मिनेटमा नै मेम्फिस डिपेले बार्सिलोनालाई अग्रता दिलाए । प्रिसिजनमा डिपेले बार्साका लागि तीन गोल गरिसकेका छन् । उता, युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, म्याथिस डि लिट र अल्भारो मोराटाले गोल फर्काउने प्रयास गरे पनि गोलकिपर नेटोले सबै प्रयास विफल बनाएका थिए ।
दोस्रो हाफमा मार्टिक ब्राथवेटले बार्साको अग्रता दोब्बर बनाए भने खेलको इन्जुरी समयमा रिकी पुइगले अर्को गोल थप्दै बार्सिलोनालाई सहज दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छक्का पञ्जा ५’ मा नायिका को हो ?
-
सुनसरीमा गोली चल्यो
-
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
-
बालमन्दिर जग्गा प्रकरण : अनुसन्धानभन्दा पक्राउ पुर्जी जारी गर्न हतारो
-
छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो