शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’

सोमबार, २५ साउन २०७८, ०७ : २३
सोमबार, २५ साउन २०७८

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्तापित भएको छ । 

त्रिपालको भरमा बसेका स्थानीयहरुको पुनर्वासको त कुरै छोडौँ, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भन्ने जस्तै भएको छ ।

दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल गाउँ पुग्न सकेन ।

आफ्नो पीडा सुनाउन पर्खेर बसेर बाढीपीडित तालबासीलाई नेताहरुको टोलीले निराश बनाइदिएको नासोँ–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । स्थानीय सिंहबहादुर गुरुङ गुनासो गर्दै भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’ भन्ने नेपाली उखानको याद पो झल्झली दिलाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप