चर्चित अभिनेता अनुपम श्यामको निधन

चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए । मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।
चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिए । मल्टिपल अर्गन फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन् ।
गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको भाइले आर्थिक अवस्था कमजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए ।
अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनी चलचित्रमा उनी धेरै नेगेटिभ रोलमा देखिन्थे । उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
-
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
-
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने