एकै दिनमा थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा
ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ । शुक्रबार यता विद्रोही समूहले ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो ।
आइतबार देशको उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कुन्डुज सहरका प्रहरी हेडक्वार्टर, गभर्नर कम्पाउन्ड र कारागारलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय स्रोतका अनुसार सबै सरकारी भवन यतिबेला तालिबानको कब्जामा रहेको छ । सेनाको बेस र विमानस्थलमा अफगान सुरक्षाकर्मीहरुले तालिबानसँग भिडन्त गरिरहेको कुन्डुज प्रान्तका सांसद अमरुद्दिन वालीले बताएका छन् ।
त्यस्तै, आइतबार नै विज्ञप्ति जारी गर्दै तालिबानले उत्तरी प्रान्त सार–ए–पोलको राजधानी सार–ए–पोललाई पनि कब्जा गरेको जानकारी दिएको छ । प्रान्तीय परिषद्का सदस्य मोहम्मद नुर रहमानीले सरकारी भवनलाई नियन्त्रणमा लिएका छन् भने सरकारी अधिकारीहरू भागेर नजिकैको सेनाको बेसमा पुगेका छन् ।
त्यस्तै, आइतबार नै तालिबानले ट्वीटरमार्फत ताखार प्रान्तको राजधानी तालोकानलाई पनि नियन्त्रणमा लिएको जानकारी लिएको छ । स्थानीय जबिहुल्लाह हामिदीले एएफपीसँग कुरा गर्दै उनले सुरक्षाकर्मी र अधिकारीहरूले लामबद्ध भएर सहर छाडेको देखेको बताएका छन् । ‘सरकारले थप सहयोग पठाउन नसकेपछि हामी आइतबार अपरान्ह सहर छाडेर हिँडेका छौँ,’ एक सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिए, ‘दुर्भाग्यवस सबै सहर तालिबानको नियन्त्रणमा छ ।’
यसअघि तालिबानले निमरुज र जवजानलाई नियन्त्रण लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान नै बदल्नतिर लागेर हामी कहीँ पुग्दैनौँ : उपमहासचिव ज्ञवाली
-
खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन नदिने निर्णयबाट पछि हट्यो सगरमाथा राष्ट्रिय निकुञ्ज
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर व्यवस्थापिका नराख्ने भनेको हो ? : रिजाल
-
भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन
-
भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो