मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय

आइतबार, २४ साउन २०७८, २१ : १७
आइतबार, २४ साउन २०७८

त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने रातोपाटीलाई बताए ।

उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञा भएका जिल्लामा पनि विद्यार्थीलाई परीक्षा केन्द्रसम्म जाने व्यवस्था मिलाउन त्रिविले समन्वय गरिरहेको ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप