शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख

आइतबार, २४ साउन २०७८, १९ : ०१
आइतबार, २४ साउन २०७८


लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानले दिएको प्रावधान अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले  संविधान भन्दामाथि केही पनि नहुने  भएकोले आफु संविधानको पालनकर्ता मात्र भएको बताए । 

 उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेकाले सोही अनुसार बुझ्न र व्यवहार आग्रह गर्दै विशेष अधिवेशन संविधान अनुसार नै आह्वान भएको  जिकिर  गरे ।

उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न विपक्षी दलहरु आफूकहाँ आएपनि तत्काल अधिवेशन आह्वान नगरी सरकार पक्षसँग छलफल गरेर मात्र आह्वान गरेको बताए ।

प्रदेश प्रमुख शेरचनले सकभर विना विवाद लुम्बिनी देखिएका जटिलताहरू हल गर्ने स्पष्ट पार्दै त्यसो हुन नसकेमा एउटा प्रकृया जाने बताए । उनले भने, ‘म अहिले कसैको पक्षको छैन,कुनै दलको पनि होइन मलाई संविधानले दिएको भुमिका निर्वाह मेरो दायित्व हो । त्यसकारण  विधी र प्रकृया भन्दा बाहिर केही काम हुँदैन ।’

उनले आफु भष्टाचारको विरोध गर्ने व्यक्ति भएको उल्लेख गर्दै भष्टाचार अन्त्य गर्नको लागि सबैको सहयोग चाहिने बताए ।

उनले आफु स्वास्थ्यमन्त्री हुँदा घरमै रकम ल्याएर दिने व्यक्तिलाई कारवाही गरेको स्मरण गर्दै भष्टाचार रोक्ने दायित्व सवैको रहेको बताए ।  
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप