शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकले अब निक्षेप सदस्यको हैसियतले सेवा दिनेछ

आइतबार, २४ साउन २०७८, १८ : ५१
आइतबार, २४ साउन २०७८

काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । 

आज एक कार्यक्रमका बीच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शिघ्र संञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप