गण्डकीमा ५१० जनामा कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ५१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १०५ जनामा गरिएको नमूना परीक्षणमा ५१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २४५ महिला र २६५ जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १६९, बागलुङ १२२, स्याङ्जा १०३, म्याग्दी ३, पर्वत ५२,गोरखा २७, लमजुङ २ तनहुँमा १७ र नवलपुरमा १५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ५१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–७ की ४६ वर्षीय महिला, पोखरा–१९ का ५६ वर्षीय पुरुष, पोखरा–३२ का ६२ वर्षीय पुरुष, पोखरा–१४ का ७५ वर्षीय पुरुष, पोखरा–१० का ८१ वर्षीय पुरुष, पोखरा–५ का ५० वर्षीय पुरुष र पोखरा–३ की ५६ वर्षीय महिलाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार मृत्यु भएका आठजना मध्ये ७ जना पोखराका मात्र रहेका छन् । त्यसैगरी गोरखा जिल्लाको गोरखा नगरपालिका– ४ की ५७ वर्षीय महिलाको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १३६ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६५ हजार १६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६२५ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हाजार ७५१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
-
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)
-
बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक