शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना लागू गर्ने

आइतबार, २४ साउन २०७८, १७ : २७
आइतबार, २४ साउन २०७८

 सरकारले वैदेशिक ऋण मूलत पूर्वाधार निर्माणका क्षेत्रमा उपयोग गर्ने भएको छ । आइतबार सार्वजनिक सरकारको न्युनतम साझा कार्यक्रममा ऋण भुक्तानीलाई पारदर्शी बनाउने समेत जनाइएको छ । 

लघु साना तथा मझौला उद्योगहरुलाई वित्तिय पहुँच, दर्ता सहज र त्यस्ता उद्योगहरुको बजारमा पहुँच बढाउने पनि सरकारको साझा कार्यक्रममा समेटिएको छ । 
त्यस्तै सामाजिक रुपान्तरणको क्षेत्रमा श्रमिक तथा गरिव, वञ्चितिकरण र जोखिमयुक्त तथा आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिहरुलाई सामाजिक सुरक्षा सुरक्षा प्रदान गर्ने सरकारको कार्यक्रममा छ । 
त्यस्तै सामाजिक सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न एकीकृत राष्ट्रिय समाजिक सुरक्षा संरचना लागु गर्ने सरकारको कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप