मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको साझा न्युनतम कार्यक्रम: राष्ट्रिय सुरक्षा नीति परिवर्तन गर्ने

आइतबार, २४ साउन २०७८, १७ : १३
आइतबार, २४ साउन २०७८

सरकारले राष्ट्र हितको सम्वर्द्धनका लागि राष्ट्रिय सुरक्षा नीति परिवर्तन गर्ने भएको छ ।  आइतबार सार्वजनिक गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा देशको सार्वभौम सत्ता, भौगोलिकता र जनताको जीउधनको रक्षाको पूर्ण प्रत्याभूति हुनेगरी राष्ट्रिय सुरक्षा नीतिमा आवश्यक परिमार्जन गरी कार्यन्वयन गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने  उल्लेख छ ।

त्यस्तै लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमा समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने । सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा चौकी विओपी बृद्धि गर्ने पनि सरकारको साझा कार्यक्रममा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप