मिरिना आँधी : जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह
देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गइसकेका आइतबार जापानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, ‘आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ ।’
यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।
उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग