बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ । बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरूका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र सङ्केत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ ।
स्वास्थ्य सङ्केत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ । चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो सङ्केत हुन जरुरी हुनेछ । चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदाय बाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो ।
चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ ।
बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ । विमानस्थलका उपमहाप्रबन्धक वेन वुले भने, ‘बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ ।’ वुले उडानमा लगाइएको प्रतिबन्ध सङ्क्रमण बिस्तार नहोस भनेर गरिएको बताए ।
यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
‘देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ’ मेला आयोजक समितिले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव