भावुक हुँदै मेस्सीले भने, ‘म बार्सिलोनामै रहन्छु भन्नेमा ढुक्क थिएँ’
आइतबार, २४ साउन २०७८, १६ : ०८

लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।
क्लबबाट बिदा हुन अघि आइतबार मेस्सीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सम्मेलनमा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए ।
‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछौँ,’ उनले भने, ‘तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ ।’
२१ वर्ष क्लबमा रहँदा आफूले धेरै कुरा पाएको बताउँदै उनले आफ्ना सबै समकक्षीहरुलाई धन्यवाद दिए । ‘सत्य यो हो कि म छाडेर जाँदैछु,’ मेस्सीले भने, ‘यसरी बिदा हुनुपर्छ भनेर मैले सोचैकै थिइनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ