साताको पहिलो दिन नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३ हजार १०८.१२ विन्दुमा पुगेको हो ।
जबकी गत बिहीबार नेप्से परिसूचक अधिकतम १६ अंकले घटेर ३ हजार १०७.४५ विन्दुमा अडिएको थियो ।
नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।
बैंकिङ, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड सकारात्मक देखिएको यस दिन कारोबार रकम भने अधिकतम १४ अर्ब माथिको भएको छ ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता माथिको सेयर १ लाख २६ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाखको कारोबार भएको छ ।
गत हप्ताको बिहीबार १६ अंकले घटेको बजारमा १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु