शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

मुस्ताङमा सेनाको ‘हाई अल्टिच्युड’ तालिम शुरु

आइतबार, २४ साउन २०७८, २० : ००
आइतबार, २४ साउन २०७८

 मुस्ताङको जोमसोममा नेपाली सेनाले ‘हाई अल्टिच्युड र माउन्टेन वारफेयर’ तालिम संचालन गरेको छ । आइतबारबाट उच्च शिखर शिक्षालयमा शुरु भएको तालिममा अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ५ जना सैनिक सहभागी छन् ।

पहाडी युद्धकला, रक क्राफ्ट र आइस क्राफ्ट सम्बन्धी ज्ञान दिने उद्देश्यले संचालित तालिम असोज १ गतेसम्म संचालन हुनेछ । तालिममा १६ जना नेपाली सेनाका अधिकृत र अन्य दर्जाका ६५ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महा सेनाले सुरेश हमालले तालिमको शुभारम्भ गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप