चार महिनामा १५६ जनाको मृत्यु, ३७ जना वेपत्ता
आइतबार, २४ साउन २०७८, १७ : ३५
गत बैशाख महिनायता विपदमा परी १५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो चट्याङ, आगलागी, डढेलो लगायतका विपदमा परेर २०७८ बैशाख १ गतेदेखि साउन २४ गतेसम्म १५६ को मृत्यु हुनुका साथै ३७ जना वेपत्ता भएका हुन् ।
जसमध्ये पहिरोमा परी ३५, बाढीमा २७, अविरल बर्षाले ८, चट्याङ लागेर ३९, सर्पले डस्दा १२ जनाको ज्यान गएको छ । त्यसैगरी आगलागीबाट १३, डढेलोबाट ३ र हावाहुरीबाट १ जनावरको आक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
सो अवधिमा ३५३ जना मानिस घाइते भएका छन् भने विपदबाट १७ हजार ३७ परिवार प्रभावित भएका छन् । त्यस्तै ८५ करोड ९० लाख ९५ हजार नौ सय ४२ रुपैयाँ अनुमानित क्षती भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव