एनआरएनएको सचिवमा निमेष गिरीद्वारा उम्मेदवारी घोषणा

person explore access_timeसाउन २४, २०७८ chat_bubble_outline0

गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको लागि यूएईका निमेष गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।

सन २००४ मा एनसीसी कतारको सदस्य बनेका गिरी सन् २००६ मा एनसीसी कतारको कार्यसमिति सदस्य हुँदै निरन्तर संघको अभियानमा जोडिएका ब्यक्ति हुन् । मध्यपूर्वको   यूएईलाई कार्यक्षेत्र बनाएका गिरी सन २००९ मा एनसीसी यूएईको सदस्य र सन २०११-२०१३ कार्यकालको लागि प्रवक्ता बनेका थिए । साहित्य र लेखनमा बिशेष रुची राख्ने गिरी सन २०१३ देखि हालसम्म पनि निरन्तर रुपमा एनसीसी यूएईको सल्लाहकार, विधान संसोधन समिती संयोजक, अनुशासन समिति संयोजक हुँदै अन्तरराष्ट्रिय टास्क फोर्सहरुमा बसेर संघलाई योगदान पुर्याएका छन् ।

हरेक अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागी हुँदै आफ्नो कुरा सशक्त ढंगले राख्ने गिरीले प्रखर वक्ताको रुपमा समेत छवि बनाएका छन् ।  'संस्थाले राम्रो गरिरहेको छ तर विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ । मेरो उम्मेदवारी विजयको लागि हो, गिरीले भने, मध्यपूर्व र संसारभरका एनआरएन सदस्यहरुलाई सहयोगको लागि अनुरोध गर्दछु' । उनले भने 

संघको अन्तरराष्ट्रिय सम्मेलन आगामी अक्टोबर महिनामा हुनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।