आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इटहरीमा ग्रिनेड बम फेला

आइतबार, २४ साउन २०७८, १० : ४९
आइतबार, २४ साउन २०७८

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप