शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुकाकुलाई क्लब रेकर्ड रकममा पुनः अनुबन्ध गर्ने नजिक चेल्सी

आइतबार, २४ साउन २०७८, ०८ : ४६
आइतबार, २४ साउन २०७८

चेल्सी रोमेलु लुकाकुलाई क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्ने नजिक पुगेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले यसअघि आफू इटालियन च्याम्पियन इन्टर मिलानमा नै खुसी रहेको बताए पनि यो हप्ता भने उनले क्लबलाई राम्रो अफर आए चेल्सी जाने बताएका थिए ।

गत बिहीबार मात्र म्यानचेस्टर सिटीले बेलायती रेकर्ड १० करोड पाउन्डमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो ।

लुकाकुलाई अनुबन्ध गर्नेबारे अझै करारका केही बुँदाहरूमा छलफल चलिरहेको बताइएको छ । यही यो सफल भए लुकाकु सन् २०११ पछि पुनः चेल्सीमा फर्किनेछन् । उनले त्यतिबेला चेल्सीमा तीन वर्ष बिताए पनि यसमध्ये दुई वर्ष उनी वेस्ट ब्रोम र एभर्टनमा लोनमा थिए । सन् २०१४ मा उनी चेल्सी छाडेर एभर्टन पुगेका थिए । सन् २०१७ मा उनी चेल्सीसँग अनुबन्ध गर्ने नजिक पुगेका उनले त्यतिबेला म्यानचेस्टर युनाइटेडसँग करार गरेका थिए ।

लुकाकुले इन्टरका लागि दुई सिजनमा ७६ खेलमा ४७ गोल गरेका छन् । गत सिजन उनले इन्टरलाई सन् २०१० पछि पहिलो पटक लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप