शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आइतबारको तपाईंको भाग्यफल

आइतबार, २४ साउन २०७८, ०६ : १५
आइतबार, २४ साउन २०७८

वि.सं.२०७८ साल साउन २४ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– औशी, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– तिष्य, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त अश्लेषा । योग– व्यातिपात, रातको ०१ बजेर १३  मिनेट उप्रान्त वरियान  । करण– चतुष्पद, बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त नाग, बेलुकी  ०६ बजेर ४८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि– कर्कट । 

 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ०८ पला ।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । गीत संगितमा मन जानेछ भने कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

 
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । समयको सहि सदुपयोग गरी विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ । परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपूर्ण सम्मान पाइने योग रहेकोछ । छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ । सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्ने अवसर आएपनि जस नपाउदा मन खिन्न हुनेछ । आफन्त तथा सन्तान पक्षले अनाबश्यक झन्झट दिनेछन् भने माया प्रेममा आफ्नो मायालुलाई बिश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ । व्यापारमा सोचोजस्तो प्रतिफल प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रशस्त समय दिएपनि न्यून उपलव्धिमा चित्त बुझाउनु पर्ने अवस्था रहनेछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप