बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

आइतबार, २४ साउन २०७८, ०० : ३१
आइतबार, २४ साउन २०७८

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् ।
 दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । 

टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । 

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप