शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भन्सार छलि गरेर ल्याएको सामानसहित २ जना पक्राउ

शनिबार, २३ साउन २०७८, २१ : ४७
शनिबार, २३ साउन २०७८

भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट अवैध रूपमा भन्सार छलि गरेर ल्याएको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप(महानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी २८ वर्षीय नरबहादुर पुन र लमही नगरपालिका वडा नम्बर रातो डाँडा निवासी ३० वर्षीय प्रदिप खत्री रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

शुक्रबार बेलुका करिब ३ बजे दाङ गढवा गाँउपालिका ८ कोइलाबास नाकास्थित चिहान डाँडा भारतबाट अवैध रुपमा भन्सार छलि गरी सामान ल्याउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र सीमा प्रहरी चौकी कोइलाबासबाट खटिएको टोलीले संयुक्त रूपमा खानतलासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरूको साथबाट प्लाष्टिकको सेतो बोरामा प्याक गरेको जुत्ता–१६६ जोर जुत्ता बरामद गरिएको एसपी काफ्लेले जानकारी दिए । पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप