बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा २४ घन्टामा १०३ जनाको मृत्यु, २८ हजार बढी संक्रमित

शनिबार, २३ साउन २०७८, २१ : २५
शनिबार, २३ साउन २०७८

बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप  १०३ जनाको मृत्यु भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । गएको एक सातामा यहाँ ६२७ जना संक्रमितको मृत्यु भएको छ, जुन अघिल्लो हप्ताको तुलनामा २८.५ प्रतिशतले बढी हो ।

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  हालसम्म एक लाख ३० हजार २८१  पुगेको छ । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरुपछि बेलायत छैटौं स्थानमा पर्दछ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २८ हजार ६१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ६० लाख ४२ हजार २५२ पुगेको छ । एक सातामा एक लाख ८८ हजार संक्रमित भएका छन् । संक्रमण दर भने अघिल्लो हप्ताको तुलनामा २.२ प्रतिशतले घटेको हो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ६२ लाख ७ हजार ८५१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ६९ लाख ९७ हजार ४९५ जना अर्थात ८८.९ प्रतिशतले खोपको पहिलो डोज र तीन करोड ९२ लाख १० हजार ३५६ जना अर्थात ७४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप