अमेरिकामा आधा जनसंख्याले मात्र लगाए कोभिड विरुद्धको खोप

अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।
पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् । खोप लगाउनेको सङ्ख्या तीव्र रुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् ।
अपेक्षित रुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विषेश अनुरोध गर्दै आएको छ । खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो ।
कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । त्यसैगरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा