कर्णालीमा सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो
शनिबार, २३ साउन २०७८, १८ : १८

कर्णाली प्रदेशमा शनिबार ६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ८ सय ८० पुगेको स्वास्थ सेवा निर्देशनालयले जनाएको छ । शनिबार १०१ जनामा आरटी–पीसिआर विधिको कोरोना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ७९ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १८ जनामा संक्रमण देखिएको छ ।
शनिबार सबैभन्दा धेरै सुर्खेतमा २७ जना संक्रमित फेला परेका छन् । यस्तै जुम्लामा १३, कालिकोटमा ९, सल्यान र रुकुम पश्चिममा ३/३, मुगु र जाजरकोटमा २/२ तथा हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै शनिबार कोरोना संक्रमणका कारण सुर्खेतमा एक जनाको ज्यान गएसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ३५६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा