मेस्सीका लागि पिएसजीको प्रस्ताव : नेइमारभन्दा ५० लाख बढी तलब
![मेस्सीका लागि पिएसजीको प्रस्ताव : नेइमारभन्दा ५० लाख बढी तलब](https://rpcdn.ratopati.com/media/albums/lionel-messi-barcelona-liverpool_9nhv58q7bwec1pt56y9mnxeg9_tAGkaY2Z80.jpg)
अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।
र, फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार मेस्सीले यहाँ वार्षिक ४ करोड युरो तलब बुझ्नेछन् । नेइमारले ३ करोड ५० लाख वार्षिक तलब बुझ्दै आएका छन् ।
‘फ्रान्सेली क्लबले विगतमा जुन तलब दिने इच्छाशक्ति देखाएको थियो, त्यसको दाँजोमा यो थोरै कम हो,’ एल इक्विपेले लेखेको छ, ‘तर यो मेस्सीको माग सुहाउदो छ । सम्झौताका लागि आइतबार मेस्सीका प्रतिनिधि र क्लबका अधिकारीबीच छलफल हुँदैछ ।’
यसअघि बिहीबार बार्सिलोनाले मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने जनाएको थियो । मेस्सी र पिएसजीबीच सहमति बनिसकेको र यसले चाडैं अन्तिम रुप लिने पिएसजीका मालिक तथा कतारी राजकुमार तमिम बिन हमाद अल थानीका भाई खालिद बिन हमादले जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
-
आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग साउदको माग
-
अतिरिक्त शुल्कको मार : डिजिटल भुक्तानी निःशुल्क गर्न सांसदको ध्यानाकर्षण
-
घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य
-
सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल