शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

शनिबार, २३ साउन २०७८, १७ : ००
शनिबार, २३ साउन २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने  संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप