आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेलायती बक्सर गलाल याफाईले जिते स्वर्ण

शनिबार, २३ साउन २०७८, १२ : ५४
शनिबार, २३ साउन २०७८

बेलायती बक्सर गलाल याफाईले फ्लाईवेटतर्फ ओलम्पिकमा स्वर्ण जितेका छन् । उनले फिलिपिन्सका कार्लो पालामलाई हराएका हुन् । 

जारी ओलम्पिकमा बेलायतले जितेको यो १९ औं स्वर्ण हो । त्यसैगरी बेलायतको कुल पदक ५९ पुगेको छ । बेलायतले २०१२ को लण्डन ओलम्पिकमा ६५ र दुई वर्षअघि रियो ओलम्पिकमा ६७ पदक जितेको थियो ।

‘यस्तो चाहना मैले धेरै अघिदेखि राखेको थिए,’ याफाईले भने, ‘म ओलम्पिक च्याम्पियन हुँ र चन्द्रमामाथि छु । मैले यसका लागि ६ वर्षअघिदेखि कडा मेहनत गरेको थिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप