मेलम्चीका बाढी पीडितलाई तत्काल बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका हुन् ।
बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपाले बाढीबाट ज्यान गुमाएका र वेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ । अध्यक्ष राणाले भने, ‘पुल, बाटोघाटोलगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनुपर्यो । विस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनुपर्यो । क्षति भएका मानिसहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्यो । त्यो मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।’
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरिपरिको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध