विप्लव नेतृत्वको पार्टीले बनाइदियो विपन्न परिवारलाई नयाँ घर

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । सो पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाइ दिएर हस्तान्तरण गरेको हो । घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो । त्यो घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् । घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको उक्त पार्टीले जनाएको छ । घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।
घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए । उनले संसदीय दलबाट देशले निकास नपाउने भन्दै वैज्ञानिक समाजवाद अबको आवश्यकता भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण
-
एनएसएलमा नवयुग श्रेष्ठ पोखरा थन्डर्सबाट खेल्ने
-
आज यी तीन ठाउँको तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान
-
त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि फेला
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग