कलंकी खसी बजारबाट खसी भन्दै बाख्रीको मासु बेच्ने ४ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् ।
शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
एसपी बस्नेतका अनुसार पक्राउ पर्नेहरूले बिक्रीका लागि राखिएको खसीको मासुमा बाख्रीका पहिचान खुल्ने अंग लुकाएर बाख्रीको मासु मिसाएर बेच्दै आएका थिए ।
प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अंग लुकाएर बेच्न राखिएको मासु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी