बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको कब्जामा

शुक्रबार, २२ साउन २०७८, २१ : ३८
शुक्रबार, २२ साउन २०७८

अफगानिस्तानको दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज तालिबान विद्रोहीको कब्जामा पुगेको छ । पछिल्लो समय तालिबानको कब्जामा कुनै प्रान्तको राजधानी पुगेको यो पहिलो अवसर हो ।

बीबीसीका अनुसार बिद्रोहीहरुले शुक्रबार साँझ सहरमा कब्जा जमाएका हुन् । जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र मानिन्छ । तालिबानले ट्वीटरमार्फत सहरमा विजयी हासिल गरेको जानकारी दिएको छ । सरकारले भने आधिकारिक रुपमा यसलाई स्वीकार गरेको छैन । सामाजिक सञ्जालमा सेयर गरिएको फोटोमा सर्वसाधारणले सरकारी भवनमा लुट मच्चाइरहेको देख्न सकिन्छ ।

अमेरिकी सेना फिर्ता भएसँगै तालिबान बिद्रोहीहरुले तीव्र गतिमा अफगानिस्तानमा कब्जा जमाइरहेका छन् । ग्रामिण क्षेत्रमा प्रभाव जमाइसकेको तालिबानले यतिबेला देशका मुख्य सहरहरुलाई निशाना बनाइरहेको छ ।

पश्चिममा रहेको हेरात र दक्षिणमा रहेको लश्कर गाहमा पनि यतिबेला तालिबान र सरकारी फौजबीच भिडन्त जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप