मन्दिरको सुन चोरी प्रकरण : दुईजना कारागार चलान

मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ । बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । धनबहादुर र केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा मुख्य संलग्न रहेका बताइएको छ ।
मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीका दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटीमा रिहा भएका छन् । उनीहरु जनही रु ५० हजार धरौटीमा रिहा भएका हु्न् ।
यस्तै मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही रु १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ । लटिनाथ मन्दिरमा गत मङ्सिरमा सुन चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको विषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी परेकाे थियो ।
उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित सात जनालाई नियन्त्रणमा लिएको छ । चार जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेस गरिएको थियो । पक्राउ परेका उनीहरुसँग पौने चार तोला मात्रै सुन फेला परेको भए पनि मन्दिरबाट ९ तोला सुन चोरी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला