आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न मागसहित नेपाल शिक्षक महासंघको विभागमा धर्ना

शुक्रबार, २२ साउन २०७८, १९ : ५७
शुक्रबार, २२ साउन २०७८

नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ ।

७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन् । विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन् । देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका माग राख्दै उनीहरुले विभागमा धर्ना दिएका थिए ।

 शिक्षालाई अविलम्ब संविधानको धारा ३१ अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरियोस्, साविक उच्च मावि र बाल कक्षाका शिक्षकको कोटा स्वीकृत दरबन्दीमा परिणत गरि उमेर हद नलाग्ने गरी आन्तरिक र खुल्ला प्रतियोगिता मार्फत् स्थायी गरियोस् भन्ने मागसहित ३१ मागका साथ शिक्षकहरु आन्दोलनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप