बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिहीन तथा सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग

शुक्रबार, २२ साउन २०७८, १९ : ३४
शुक्रबार, २२ साउन २०७८

नेकपा माओवादी केन्द्रले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिव किसान र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ । 
शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष माग गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै गठबन्धनको कार्यदलले तयार पारेको साझा न्युनतम कार्यक्रम गठबन्धनलाई तत्काल सार्वजनिक गर्न पनि माग गरेको हो ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई दाङबाट अपहरण गरी मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त घटनालाई नेपालको लोकतन्त्र,राजनीति, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथिको लज्जास्पद, निकृष्ट एवं अपराधिक भन्दै निन्दा र भत्र्सना समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप