बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७२ हजार घूससहित काठमाडौंको बूढानीलकण्ठबाट कर्मचारी पक्राउ

शुक्रबार, २२ साउन २०७८, १९ : ३१
शुक्रबार, २२ साउन २०७८

काठमाडौंको बूढानीलकण्ठबाट ७२ हजार घूससहित एक कर्मचारी पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल पक्राउ परेका हुन् । 
 सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घूस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रकम लिइसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप