आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

शुक्रबार, २२ साउन २०७८, १९ : २६
शुक्रबार, २२ साउन २०७८

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । 

लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।

यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । ब्रिटिस कलेजले पनि रेक पक्षमा ध्यान दिएको कारणले गर्दा मान्यता प्राप्त गरेको जनाएको छ ।

बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नको लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको कलेजले जनाएको छ । 

कोभिड– १९ महामारीको समयमा कलेजले कसरी शिक्षा प्रदान गरिरहेको छ भनेर ब्रिटिस एक्रिडेसन काउन्सिलले प्रत्यक्ष रुपमा विद्यार्थीहरुको सिकाई, एकेडेमिक टिमको कार्यशैली लगायतका कामको अवलोकन तथा मूल्याङ्कन गरेको थियो । 

टीबीसीका मार्केटिङ तथा एडमिसन हेड अमरद्वीप मण्डलले महत्वपूर्ण मान्यता पाएसँगै कलेज परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिए । साथै, उनले कलेजले आगामी दिनमा अझै उत्कृष्ट काम गर्नको लागि विद्यार्थी, पूर्व विद्यार्थी, कर्मचारीका साथै बिभिन्न संस्थाहरूसँग काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप