विस्टिमका शैक्षिक सामाग्री तथा कोर्सहरु निमाको वेबसाइट र एपमा उपलब्ध हुने

काठमाडौं । निमा एकेडेमी र विस्टिम (WiSTEAM/ Women in Science, Technology, Engineering, Arts and Mathematics) बीच निमा एकेडेमीले विस्टिमका शैक्षिक सामाग्री तथा कोर्सहरू आफ्नो वेबसाइट र एपमा उपलब्ध गराउने सहमति भएको छ । योसँगै अब विस्टिमका शैक्षिक सामग्रीहरु निमामा निःशुल्क पाइनेछ ।
निमाका सिओओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले एका कार्यक्रमका बीच सो सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै जना महिला उद्यमी भएको नाताले यो सहकार्यले निरन्तरता पाउने बताएका छन् ।
विस्टिमले कम्प्युटर करियरमा महिलाहरुको सक्रियता बढाउन र यस क्षेत्रमा महिलाहरुको संलग्नता बढाउन विभिन्न डिजिटल साक्षरता र स्टिम कार्यक्रमहरु गर्ने गरेको छ । विस्टिमले किशोरीहरुका लागि विभिन्न किसिमका अबसरहरु, आत्मविश्वास बढाउने अनि रचनात्मकता उर्जागर गर्ने खालको कार्यक्रमहरु लिएर आउने गरेको छ ।
धेरै भन्दा धेरै महिला तथा किशोरीहरुलाई कम्प्युटर क्षेत्रमा आफ्नो करियर बनाउन विस्टिमले प्रोत्साहन गर्ने गरेको श्रेष्ठले बताइन् । बिज्ञान, प्रबिधि, इन्जिनीयरिंङ्ग, कला र गणित क्षेत्रमा महिलाहरुको संख्या दोब्बर गराउने उद्देश्य विस्टिमको रहेको पनि उनले बताइन् ।
निमा एकेडेमी ई–शिक्षा प्रणाली हो जसले विद्यार्थी र शिक्षकहरुको लागि डिजिटल शिक्षण सामग्री प्रदान गर्दछ । हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश छन् ।
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे