सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्न नेपाल पक्षको माग
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नवीकरण गर्नेलगायतका सबै खालका एकपक्षीय सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।
वरिष्ठ नेता नेपाल पक्षका केन्द्रिय सदस्यहरुको बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले पार्टी एकतामा भाँजो हाल्ने काम हुने निष्कर्ष निकाल्दै एकतर्फी रुपमा पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सांगठानिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो ।
पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नविकरणलगायतका सबै खालको सांगठानिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराइएको नेता रघुजी पन्तले जानकारी दिए ।
बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षमा स्थायी समितिका नेताहरुलाई दिने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाल पक्षमा केन्द्रिय सदस्यहरुले पार्टी एकतामै जोड दिएका थिए । त्यसको जवाफ दिने क्रममा वरिष्ठ नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण