शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

शुक्रबार, २२ साउन २०७८, १७ : ३१
शुक्रबार, २२ साउन २०७८

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।  
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । 

कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । उनी सुत्केरी थिइन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । 

तर घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि  स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा उनको मृत्यु भएको थियो भने स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । 

नेपालमा कोरोनाको पहिलो केस भने २०७६ को  माघ १० मा पुष्टि भएको थियो । चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।  हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९  र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ ।  हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप