कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।
कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । उनी सुत्केरी थिइन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।
तर घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा उनको मृत्यु भएको थियो भने स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
नेपालमा कोरोनाको पहिलो केस भने २०७६ को माघ १० मा पुष्टि भएको थियो । चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
